आजपनि कैलालीमा कफ्र्यू जारी

२६भाद्र,२०८२ः जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलवारदेखि आदेश गरेको कफ्र्यू आजपनि जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम २४ गते (मंगलवार) को सूचना अनुसार अर्को सूचना नआएसम्मका लागि जिल्ला भरी कफ्र्यू आदेश जारी रहेको छ। अधिकारी जोशीले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको र यसबारे छलफलका लागि प्रमुख जिल्ला अधिकारी सँग समन्वय भइरहेको बताएका छन्।


यसैबिच कैलालीको धनगढीसँग सीमाना जोडिएको गौरीफन्टा सीमा नाकामा पनि आवतजावत बन्द रहेको सूचना अधिकारी जोशीले जानकारी दिए। नेपालमा सोमवार र मङ्गलवार भएको जेन–जी समूहको आन्दोलनका कारण सरकार विहीन रहेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरूले नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top