You are currently viewing आज संविधान दिवस देशभर मनाइँदै

आज संविधान दिवस देशभर मनाइँदै

  • Post category:समाचार
  • Post comments:0 Comments

३असोज,धनगढीः आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ ।


संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्यालगायतका विषयमा बहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकोमा पछिल्लो आन्दोलनबाट जनधनको क्षति तथा विषम अवस्थाले त्यस्ता कार्यक्रम नहुने भएका छन् ।


संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा मनाउन अघिल्लो सरकारले गएको भदौ ८ मा मूल समारोह समिति गठन गरेको थियो । तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply