धनगढी कै चिरपरिचित विद्यालय स्टेपिङ स्टोन ईङ्लिस स्कुलकी सिर्जल भट्टले आधारभुत तहको वार्षिक परीक्षामा ४ जिपिए प्राप्त गरेकी छन । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार भट्टले यो लोभलाग्दो उपलब्धी हाँसिल गरेकी हुन ।

त्यस्तै ३.६१ देखि ४.० जिपिएसम्म ५४ जना,३.२० देखि ३ं.६० जिपिएसम्म ४६ जना, २.८० देखि ३.२० जिपिएसम्म १३ र २.४० देखि २.८० जिपिएसम्म १ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ । विगत लामो समयदेखि आफ्नै सुविधा सम्पन्न विशाल भौतिक संरचना सहित पठनपाठन सञ्चालन गर्दै आएको स्टेपिङ स्टोन ईङ्लिस स्कुल गुणस्तरीय शिक्षाका लागि प्रदेश भरमै निकै लोकप्रिय छ । लामो समयदेखि विद्यालयको नेतृत्व अनुभवी व्यक्तीत्व राजजी हमालले सम्हाल्दै आएका छन । विद्यालयले विगतका वर्षहरुमा पनि कक्षा ८ र एसईईको वार्षिक परीक्षामा पनि उत्कृष्ट नतिजा दिदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?