You are currently viewing आन्दोलनरत पक्षका माग सम्बोधन गरी अगाडि बढ्न सभामुख र राष्ट्रियसभा अध्यक्षको अपील

आन्दोलनरत पक्षका माग सम्बोधन गरी अगाडि बढ्न सभामुख र राष्ट्रियसभा अध्यक्षको अपील

२७भाद्र,धनगढीःसभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आन्दोलनरत पक्षका माग सम्बोधन गरी अगाडि बढ्न अपील गरेका छन् ।
आज संयुक्त विज्ञप्तिमार्फत घिमिरे र दाहालले ’जेन–जी’ आन्दोलनपछिको परिस्थिति सम्हाल्न उनीहरूका माग सम्बोधनसहित अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपील गरेका हुन् । अहिलेको अवस्थाको निकास दिन राष्ट्रपतिले पहल गरिरहनुभएको विज्ञप्तिमा उल्लेख छ ।

’जेन–जी’ आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिमा आफूहरू स्तब्ध भएको सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष दाहालले बताउनुभएको छ । साथै उनिहरूले ज्यान गुमाएका युवा, राष्ट्रसेवक प्रहरीमा श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply