You are currently viewing इङ्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु

इङ्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु

३०श्रावण,२०८२ः इङ्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ ।
पहिलो खेलमा साबिक विजेता लिभरपुल र एएफसी बर्नमाउथ प्रतिस्पर्धा गर्दैछन् । यो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा राति १२ः४५ मा सुरु हुनेछ ।
इङ्लिस प्रिमियर लिगमा हालसम्म यी दुई टोलबीच २४ खेल भएका छन् । जसमा लिभरपुलले १९ र बर्नमाउथले दुई जित निकल्दा तीन खेल बराबरीमा सकिएको छ । लिभरपुलले सन् २०२३ यता बर्नमाउथसँगको खेल गुमाएको छैन । त्यसयता भएका पाँच खेलमा लिभरपुल विजयी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply