You are currently viewing शरद भेषावकरलाई काठमान्डु गोर्खाजको ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त

शरद भेषावकरलाई काठमान्डु गोर्खाजको ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई काठमान्डु गोर्खाजले ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ ।
भेषवाकरले २०२४ मा एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेलेका थिए । लामो समय राष्ट्रिय क्रिकेट टोलीको मुख्य सदस्य भएर खेलेका शरदले गतवर्ष हङकङमा सम्पन्न हङकङ सिक्सेसमा नेपाली टोलीको कप्तानी गर्दै सोहि प्रतियोगीतामा सबैखाले क्रिकेटबाट खेलाडीको रुपमा सन्याश लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply