२६ श्रावण २०८३,धनगढी : बाल्मीकी टिचर्स फुटसलको उपाधि कञ्चनपुरको फारवेष्ट स्कुलले जितेको छ । सोमबार सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनलमा धनगढीको सिसिएस प्लसटुलाई २ – १ ले पराजित गर्दै फारवेस्टले उपाधिमाथि कब्जा जमाएको हो । विजेता टोली फारवेष्टले नगद ३० हजार,आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता बनेको धनगढीको सिसिएस प्लसटुले नगद २० हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पहिलो हाफ १ – १ को बराबरीमा टुंगिएपनि दोश्रो हाफको सुरुवातमै फारवेष्टबाट गोल भएपछि सिसिएस दबाबमा देखिएको थियो । खेलको अन्तिमतिर पनि सिसिएसले गोल गर्ने निकै प्रयास गर्दापनि गोल हुन नसकेपछि सिसिएसलेउपविजेतामा चित्त बुझाउनुपर्यो ।
समापन समारोहका प्रमुख अतिथि नेपाल बैंकर्स संघ सुदूरपश्चिमका संयोजक बिरु राम जैसी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समापन समारोहका सभापति दिनेश राज भण्डारी,बोर्ड सदस्य अजय पाण्डेय र प्राचार्य द्रोणशिष न्यौपानेले विजेता उपविजेता टोलीलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरे ।

बाल्मीकी इण्टर स्कुलको आयोजनामा यहि श्रावण २३ गतेबाट सुरु भएको प्रतियोगीतामा कैलाली र कञ्चनपुरका गरी १६ टोली सहभागी थिए । समापन समारोहको सञ्चालन सोहि विद्यालयका शिक्षक करन बाँनियाले गरेका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?