२६ श्रावण २०८३,धनगढी : टाटा मोटर्सले अत्याधुनिक फिचर्स र ठूलो ब्याट्री क्षमतासहित नयाँ टाटा पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले मंगलबार देशभरका आधिकारिक डिलरमार्फत एकैसाथ नयाँ पन्च ईभी सार्वजनिक गरेको हो।

धनगढीमा पनि सुदूरपश्चिम प्रदेशको आधिकारिक डिलर जीएआरएस ट्रेडिङ कन्सर्नमा नयाँ टाटा पन्च ईभी GARS का एमडी अशोक पाण्डेय,सोरुम म्यानेजर करिना अन्सारी र सिप्रदी ट्रेडिङ प्रालिका डिलर इन्चार्ज ललित बोगटीले एकसाथ सार्वजनिक गरेका हुन ।नयाँ पन्च ईभीमा ४० किलोवाट क्षमताको ब्याट्री र ९५ किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ। गाडीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग तथा ५ स्टार सेफ्टी रेटिङ रहेको छ।
गाडीको ढोका ९० डिग्रीसम्म खुल्ने भएकाले परिवारका लागि समेत निकै उपयोगी रहेको सिप्रदी ट्रेडिङ प्रालिका डिलर इन्चार्ज ललित बोगटीले बताएका छन्। नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर नयाँ पन्च ईभी थप उपयोगी हुने उनको भनाइ छ।

नयाँ पन्च ईभी फेसलिफ्टको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो गाडी ५ वटा कलर अप्सनमा उपलब्ध हुने जनाइएको छ। जीएआरएस ट्रेडिङ कन्सर्नकी सोरुम म्यानेजर करिना अन्सारीले टाटा पन्च ईभी लञ्चअघि नै आफ्नो स्वरुममा ५ जना ग्राहकले बुकिङ गरिसकेको र आज पनि दर्जनौं गा्रहक गाडीबारे बुझ्न आएको बताइन ।
जीएआरएस ट्रेडिङ कन्सर्नका एमडी अशोक पाण्डेयले टाटा कम्पनी अटोमोबाइल्सको क्षेत्रमा विश्वकै स्तरीय र विश्वसनिय ब्राण्ड भएकाले आफूलाई पनि काम गर्न आनन्द आउने गरेको बताएका छन ।

नयाँ पन्च ईभीले नेपाली विद्युतीय सवारी बजारमा थप प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?