You are currently viewing इङ्ल्यान्डमा आयोजना हुने आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक

इङ्ल्यान्डमा आयोजना हुने आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक

असार ५,धनगढी : आइसिसी महिला ट्वान्टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्ड र श्रीलंका भिड्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार यी दुईबीचको खेल जुन १२ मा हुनेछ । गत जेठमा नेपालले युएइलाई पराजित गर्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।

जुलाई ५ सम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । महिला विश्वकपमा पहिलो पटक १२ टोली सहभागी हुँदैछन् ।सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अस्ट्रेलिया, साबिक उपविजेता दक्षिण अफ्रिका, भारत र पाकिस्तान तथा ग्लोबल क्वालिफायरबाट आएका दुई टोली रहनेछन् ।

यस्तै समूह ‘बी’ मा इङ्ल्यान्ड, साबिक विजेता न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिजसहित क्वालिफायरबाट आएका दुई टोली हुनेछन् ।हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल जुन ३० र जुलाई २ मा लन्डनस्थित ओभल मैदानतथा फाइनल जुलाई ५ मा लर्ड्स मैदानमा हुनेछ ।

प्रतियोगिताका ३३ खेलहरू ह्याम्पशायर बाउल, हेडिङ्ले, ओल्ड ट्राफोर्ड, ओभल, ब्रिस्टल काउन्टी ग्राउन्ड र लर्ड्स मैदानमा खेलाइने छ ।

Leave a Reply