एएफसी यू–२० महिला एशियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा

१२श्रावण,२०८२ः एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा गरेको हुन् ।

टोलीले आउँदो भदौ २३ देखि २८ गतेसम्म भूटानमा आयोजना हुने छनोटमा खेल्नेछ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा उत्तर कोरिया, आयोजक भूटान र साउदी अरब पनि छन् । छनोट चरणमा हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष आयोजना हुने एएफसी २० वर्षमुनिको महिला एशियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top