You are currently viewing एक्सिस विद्याश्रमले भव्यताका साथ मनायो “एक्सिस साहित्य उत्सव”,१५ विद्यालयका १०० विद्यार्थी सहभागी

एक्सिस विद्याश्रमले भव्यताका साथ मनायो “एक्सिस साहित्य उत्सव”,१५ विद्यालयका १०० विद्यार्थी सहभागी

धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले भव्यताका साथ अन्तरविद्यालय एक्सिस साहित्य उत्सव २०८२ सम्पन्न गरेको छ । सहिद दिवसको अवसर पारी विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा कैलाली र कञ्चनपुरका गरी १५ विद्यालयका १०० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।


पुस्तक समिक्षा,कविता वाचन,स्ल्याम कविता वाचन र लघुकथा वाचन गरी ४ विधामा प्रतियोगीता गराइएको उक्त एक्सिस साहित्य उत्सवमा विद्यार्थीहरुले उत्कृष्ट सिर्जना पस्केका थिए । विद्यार्थीहरुको वाचन शैली र आत्मविश्वास देखेर निर्णायक नै चकित परेका थिए । कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सिताराम भट्टले प्रतिस्पर्धि विद्यार्थीहरुको चेतनाको स्तर धेरै माथि रहेको भन्दै आफू चकित परेको बताए ।

भट्टले अहिलेको पुस्ता देशप्रति चिन्तित र सकरात्मक रहेको भन्दै आगामी दिनमा देशका लागि उनीहरुले राम्रो गर्न सक्ने बताएका छन । साहित्य उत्सवमा आधारभुत तह र माध्यमिक तहको छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो ।

कथा,कविता वाचन र पुस्तक समिक्षामा २५ विद्यार्थी पुरस्कृत
एक्सिस साहित्य उत्सवमा १६ विद्यालयका सहभागी १०० जनामध्ये २५ जनाले विभिन्न स्थान हाँसिल गरेका छन ।


पुस्तक समिक्षा: मावितर्फ एक्सिस विद्याश्रम तथा आधारभुत तहतर्फ थ्रीस्टार बोर्डिङ स्कुल प्रथम
एक्सिस साहित्य उत्सवमा पुस्तक समिक्षा मावितर्फ एक्सिस विद्याश्रमकी अपेक्षा साउँदले प्रथम स्थान हाँसिल गरेकी छन । त्यस्तै ऐश्वर्य विद्या निकेतनकी गरिमा जोशी दोश्रो तथा एरिष्टो माविका हेरम्भ जोशीले तृतिय स्थान हाँसिल गरेका छन ।

पुस्तक समिक्षामै आधारभुत तहतर्फ थ्रीस्टार बोर्डिङ स्कुलका गोविन्द उपाध्यायले प्रथम स्थान हाँसिल गरेका छन । त्यस्तै ग्ली एकेडेमीकी इशानी जोशीले दृतिय स्थान हाँसिल गरिन भने नेपाल पुलिस स्कुलकी दिपिका भण्डारीले तेश्रो स्थान हाँसिल गरेकी हुन । प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्नेहरुले प्रमाणपत्र,मेडल र नगद पुरस्कार प्राप्त गरे ।

कविता वाचन: मावितर्फ डिस्कभरी बो.स्कुल तथा आधारभुत तहतर्फ सत्यवति एकेडेमी प्रथम
एक्सिस साहित्य उत्सवमा छन्द कविता वाचन मावितर्फ डिस्कभरी बो.स्कुल प्रथम भएको छ । विद्यालयकी छात्रा प्राप्ति बस्नेतले प्रथम स्थान हाँसिल गरेकी हुन । त्यस्तै सत्यवती एकेडेमी अत्तरीयाका रमेश ओझाले दोश्रो स्थान हाँसिल गरे भने थ्रीस्टार बोर्डिङ स्कुलकी समिक्षा खत्रीले तेश्रो स्थान हाँसिल गरेका हुन ।


कविता वाचनमै आधारभुत तहतर्फ सत्यवति एकेडेमी प्रथम स्थान हाँसिल गरेको छ । एकेडेमीकी ताजश्री मल्लले प्रथम स्थान हाँसिल गरिन । त्यस्तै डिस्कभरी बो.स्कुलकी आयुषा खड्काले दोश्रो स्थान हाँसिल गरिन भने एक्सिस विद्याश्रमका चाणक्य भट्टले तृतिय स्थान हाँसिल गरे । प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्नेहरुले प्रमाणपत्र,मेडल र नगद पुरस्कार प्राप्त गरे ।

स्ल्याम कविता वाचन: मावितर्फ एक्सिस विद्याश्रम तथा आधारभुत तहतर्फ रिज एकेडेमी प्रथम
एक्सिस साहित्य उत्सवमा स्ल्याम कविता वाचनमा मावितर्फ एक्सिस विद्याश्रमले प्रथम स्थान हाँसिल गरेको छ । विद्याश्रमकी अभिलाषा भट्टले प्रथम स्थान हाँसिल गरेकी हुन । त्यस्तै नन्दिनाँज एकेडेमीकी प्राप्ती खतिवडा र एरिष्टो माविकी विधि भण्डारी दृतिय तथा ऐश्वर्य विद्या निकेतनकी आयुष्मा विष्टले तृतिय स्थान हाँसिल गरिन ।

 

त्यस्तै स्ल्याम कविता वाचन आधारभुततर्फ रिज एकेडेमी कञ्चनपुरले प्रथम स्थान हाँसिल गरेको छ । एकेडेमीकी सुहाना नागरिले प्रथम स्थान हाँसिल गरेकी हुन । त्यस्तै नेपाल पुलिस स्कुलका सार्थक भण्डारीले दृतिय तथा एक्सिस विद्याश्रकी अपेक्षा खड्काले तेश्रो स्थान हाँसिल गरिन । प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्नेहरुले प्रमाणपत्र,मेडल र नगद पुरस्कार प्राप्त गरे ।

लघुकथा वाचन: मावितर्फ एक्सिस विद्याश्रम तथा आधारभुत तहतर्फ थ्रीस्टार बोर्डिङ स्कुल प्रथम
एक्सिस साहित्य उत्सवमा लघुकथा वाचनतर्फ मावितहमा एक्सिस विद्याश्रमले प्रथम स्थान हाँसिल गरेको छ । विद्याश्रमकी आशिया चन्दले प्रथम स्थान हाँसिल गरेकी हुन । त्यस्तै ग्ली एकेडेमीकी आयुषा देवकोटा दृतिय तथा शैनिक आवासिय महाविद्यालय तेघरीकी रोजीका जेठाराले तृतिय स्थान हाँसिल गरिन ।

त्यस्तै लघुकथा वाचनतर्फ आधारभुत तहमा थ्रीस्टार बोर्डिङ स्कुलले प्रथम स्थान हाँसिल गरेको छ । थ्रीस्टारकी सोविन्दा साउँदले प्रथम स्थान हाँसिल गरेकी हुन । त्यस्तै एरिष्टो माविकी एञ्जल गुप्ताले दोश्रो तथा ग्ली एकेडेमीकी सुखी श्रेष्ठले तेश्रो स्थान हाँसिल गरिन । प्रथम,दृतिय र तृतिय स्थान हाँसिल गर्नेहरुले प्रमाणपत्र,मेडल र नगद पुरस्कार प्राप्त गरे ।

विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता पन्तको अध्यक्षतामा सम्पन्न उक्त एक्सिस साहित्य उत्सवमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशी प्रमुख अतिथि रहेका थिए

। प्रमुख अतिथि जोशीले कैलाली र कञ्चनपुरका गरी १५ विद्यालयका १०० भन्दा बढी विद्यार्थीहरुका रचना एकै ठाउँमा सुन्ने वातावरण सिर्जना गर्नु आफैमा ठूलो काम भएको भन्दै एक्सिस विद्याश्रमको प्रशंसा गरेका छन ।

उनले धनगढीका अन्य विद्यालयहरुले पनि यस्ताखाले कार्यक्रम आयोजना गर्न सके यसक्षेत्रको साहित्य विकासमा ठूलो टेवा पुग्ने पनि बताएका छन । उनले सुदूरपश्चिमको भाषा,कला,संस्कृतिको विकास र विस्तारका लागि प्रज्ञा प्रतिष्ठानबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको पनि बताए ।

साहित्य उत्सवको निर्णायकमा कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक द्वय गणेश राज जोशी र सिताराम भट्ट,उपप्राध्यापक राजेन्द्र पन्त,नास्ट कलेजका उपप्राध्यापक नवराज जोशी,साहित्यकार कोपिला शर्मा र तेज पुरुष रहेका थिए ।

समापन समारोहमा बोल्दै विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता पन्तले बालबालिकाहरुमा घट्दो पठन संस्कृतिलाई प्रवद्र्धन गर्दै सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताइन । आजको उपस्थितिले आफूहरुलाई थप हौसला मिलेको भन्दै आगामी संस्करणहरु अझै गुणस्तरीय बनाउने पन्तले बताइन ।


कार्यक्रममा लखनउका वरिष्ठ साहित्यकार, कवि तथा पत्रकार के.के.वत्स लगायत अन्य दर्जनौं साहित्यकारहरुकोे पनि उपस्थिति रहेको थियो विद्यालयका शिक्षक केशव राज भट्टले स्वागत मन्तव्य राखेको उक्त साहित्य उत्सवको सञ्चालन शिक्षिका रितु जोशीले गरेकी थिइन ।

सुदूरपश्चिममै अग्रेणी शैक्षिक संस्थाको रुपमा स्थापित एक्सिस विद्याश्रममा हाल प्लेग्रुपदेखि कक्षा १२ सम्म करिबन २८०० विद्यार्थी अध्ययनरत छन् भने १५० भन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply