३०श्रावण,२०८२ः आरएस रिसोर्टस एन्ड बिच फुटबल क्लबले एन्फा महिला लिग छनोटमा शुक्रबार राप्ती फुटबल क्लबविरुद्ध १० को कठिन जित दर्ता गरेको छ ।

विजयी सुरुआत गरेको आरएले तीन अंक जोडेको छ । राप्तीका लागि भने प्रतियोगिताको सुरुआत राम्रो रहन सकेन । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा इशा चौधरीले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ५१औं मिनेटमा गोल गरिन् । त्यसअघि ३८औं मिनेटमा समीक्षा पौडेलले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदानमा छाडेपछि राप्ती १० खेलाडीमा समेटिएको थिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?