४असोज,धनगढीः एबिस फिस फिडद्वारा धनगढीमा आयोजना गरिएको किसान भेला तथा प्राविधिक सेमिनार आज सम्पन्न भएको छ। कार्यक्रममा माछापालन व्यवसायलाई अझ दिगो र नाफामुखी बनाउन उच्च गुणस्तरको माछा दाना उत्पादन र प्रयोग सम्बन्धी विषयमा प्राविधिक जानकारी प्रदान गरिएको थियो।
एबिस फिस फिडले उत्पादन गर्ने “एक्वास्टार” ब्रान्डका दानाले किसानलाई उत्कृष्ट एफसीआर (फिड कनभर्सन रेसियो) प्राप्त गराउने, माछाको छिटो वृद्धि सुनिश्चित गर्ने, नाफा बढाउने र पोखरी प्रदूषण कम गर्ने विषयमा जानकारी गराएको छ।
कार्यक्रममा डा. हेम अवस्थिले माछाको आहारका लागि प्रयोग गरिने दानामा कुनै पनि प्रकारको मिसावट,गुणस्तरमा कमी हुनु नपर्नेमा जोड दिए। यस अवसरमा बोल्दै उनले गुणस्तरहीन दाना नेपालमा पठाउन नहुने आग्रह गर्दै किसानलाई सचेत रहन अनुरोध गरे । उनका अनुसार भारत सरकारको मान्यता नरहेका दाना खुला सिमानाबाट आयात भई बजारमा आउने गरेका छन्, जसले माछापालन व्यवसायलाई क्षति पु¥याउने सम्भावना रहन्छ।

सेमिनारमा उत्तर प्रदेश, भारतस्थित एबिस फिस फिड कम्पनीका रिजनल टेक्निकल म्यानेजर प्रकाश रञ्जनले माछापालनलाई कसरी फस्टाउन सकिन्छ भन्नेबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनले नयाँ प्रविधि, आहारको महत्व, उत्पादन वृद्धि गर्ने तरिका, तथा एक वर्षमा बढी मात्रामा माछा उत्पादन गर्न सकिने विधिबारे माछा उद्यमीहरूलाई मार्गदर्शन गरे ।
उक्त कम्पनीका भाइस चेयर म्यान डि.के सिहंले माछालाई दैनिक करिब तीस प्रतिशत आहार खुवाउनुपर्ने, पानीको स्तर ठुला माछा पालनको लागी १.२–१.५मिटर न्युनतम र अधिकतम २–३ मिटर गहिराइ हुनुपर्ने,बच्चा माछा पालनको लागी ०.६ –१ मिटर सम्मको गहिराइ राख्न सकिने लगायत अन्य थुप्रै कुराको जानकारी गराए।
एबिस फिस फिड कम्पनी भारतको ३६गढ़स्थित राजनन्दगाउँमा अवस्थित छ। कम्पनीका दुईवटा उत्पादन प्लान्ट त्यहाँ सञ्चालनमा छन् भने तेस्रो प्लान्ट उत्तर प्रदेशको राजधानी लखनौमा पनी छिट्टै सञ्चालन हुने भएको छ । करिब ४० वर्षअघि स्थापना भएको कम्पनीले उत्पादन गर्ने माछाको आहार नेपाल,श्रीलंका, भुटान लगायतका अन्य थुप्रै देशहरूमा निर्यात हुँदै आएको छ। उक्त कम्पनीको नेपालका ७ वटै प्रदेशमा आधिकारिक डिलरहरू रहेका छन्। जस अन्र्तगत धनगढीमा डिलरसिपको रुपमा राज एग्रोभेट रहेको छ । जसका सञ्चालक विष्णु पन्त हुन् ।
कार्यक्रममा कैलाली र कञ्चनपुरका माछा उद्यमीहरू र अन्य युवा व्यवसायहरु दिनेश भन्डारी, कुबेर ब. शाही प्रकाश भट्ट लगायतको उपस्थिति थियो। उनीहरूले माछापालनलाई कसरी दिगो र लाभदायी बनाउन सकिन्छ भन्नेबारे जिज्ञासा राखेका थिए भने भाइस चेयर म्यान सिह र प्राविधिक संयोजक प्रकाश रञ्जनलें विस्तृत प्राविधिक जानकारी प्रदान गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?