You are currently viewing एसइइ आइडलको अडिसन सुरु,यसपटक अझ भव्य आयोजना गर्छौं- छेडाल

एसइइ आइडलको अडिसन सुरु,यसपटक अझ भव्य आयोजना गर्छौं- छेडाल

एसइइ आइडलको अडिसन सुरु भएको छ । प्रभात मिडिया एण्ड म्यानेजमेण्ट प्रालिले शुक्रबार धनगढीमा पत्रकार सम्मलेन गर्दै एसइइ आइडल बारे विस्तृतमा जानकारी गराएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा डेउडा संस्कृति संरक्षण प्रतिष्ठानका अध्यक्ष ध्रुब बहादुर सिंह,कलाकार अनु खड्का,सनराइज टेलिभिजनका अध्यक्ष उत्तम थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गुणाकर पनेरुले गरेका थिए ।


सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीले विद्यार्थीहरुमा अनेकन प्रतिभा हुने भएकालेले यस्ताखाने मञ्चले उनीहरुको प्रतिभा बाहिर आउने विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले एसइइ आइडलको हरेक संस्करणमा सहयोग गर्दै आएको भन्दै यसपटक पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


नृत्य र गायन विधा समेटिएको यस आइडलको चार संस्करण सफलतापूर्वक सम्पन्न भैसकेको छ । अघिल्ला ४ संस्करणहरुमा नृत्य र गायन विधालाई स्थान दिइएको भएपनि यसपटक भने गायन विधालाई मात्र अगाडि बढाउने प्रभात मिडिया एण्ड म्यानेजमेण्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले जानकारी दिए । एसइइ परिक्षामा सहभागी भएका विद्यार्थीहरुले मात्र यस रियालिटि सो मा सहभागी हुन पाउने प्रावधान छ । अडिसन प्रदेशका ९ ओटै जिल्लामा हुने आयोजकले जनाएको छ ।

मुल्यांकनको मापदण्ड हरेक प्रतियोगीहरुको भिडियो २० दिनसम्म सामाजिक सञ्जाल फेसबुकमा राखिने र त्यहाँ आएको भ्युजबाट ५० प्रतिशत र ५० प्रतिशत निर्णायकले प्रत्यक्ष गायन हेरेर मुल्यांकन गर्नेछन । यस एसइइ आइडलमा प्रथम हुनेले नगद ७५,००० र कक्षा ११ र १२ मा पूर्ण छात्रवृति प्राप्त गर्नेछन भने दृतिय हुने नगद ३०,००० र कक्षा ११ र १२ मा पूर्ण छात्रवृति प्राप्त गर्ने आइडलका संयोजक एंव प्रभात मिडिया एण्ड म्यानेजमेण्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले जानकारी दिए ।

आजबाट सुरु भएको अडिसन एसइइ परिक्षा सुरु नहुञ्जेलसम्म सञ्चालन हुनेछ । वैशाख १५ गते सेमिफाइन आयोजना हुने उक्त आइडलको ग्राण्ड फिनाली २०८३ असार २ गते हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply