धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगमा बाजुराको बुढीगंगा नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिका विजयी भएका छन ।

शुक्रबार सम्पन्न पहिलो खेलमा भीमदत्त नगरपालिकालाई ३ रनले पराजित गर्दै घोडाघोडी नगरपालिकाले सुखद सुरुवात गरेको छ । भीमदत्तको भने यो पहिलो हार हो । उस्ले उद्घाटन खेलमा पुनर्वास नगरपालिका ए लाई ३६ रनले पराजित गरेको थियो ।
घोडाघोडी नगरपालिकाले दिएको १३७ रनको लक्ष्य पछ्याएको भीमदत्त नगरपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १३३ रन बनाउन सक्यो ।

भिमदत्तका लागि अरुण ऐरीले सानदार अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । ३८ बल सामना गरेका ऐरी अर्धशतक पूरा गर्ने बित्तिकै रनआउट भए । राहुल चन्दले ४७ रनको पारी खेल्दा अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन । घोडाघोडीका लागि आयुष द्वारिया,रुद्र राज आचार्य,हरिष बस्नेत र रुपेश थापाले समान एक एक विकेट लिए ।

यसअघि फाप्ला खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घोडाघोडीले १९.१ ओभरमा अलआउट हुँदै १३६ रन बनाएको थियो । उस्का लागि कप्तान टेक रावतले सर्वाधिक ३३ख रन बनाए भने नवयुग बस्नेतले २५ तथा आयुष द्वारिया र दिनेश रावतले समान अठार अठार रनको योगदान दिए ।
भीमदत्त नगरपालिकाका लागि लोकेन्द्र चन्द एक्लैले ५ विकेट चट्काए । चन्द खेलको म्यान अफ दी म्याच चुनिए । भने मिलन बोहराले २ तथा अरुण ऐरी र बिरेन्द्र बमले समान एक एक विकेट लिए ।
आजै सम्पन्न दोश्रो खेलमा परशुराम नगरपालिकालाई ३७ रनले पराजित गर्दै बाजुराको बुढीगंगा नगरपालिकाको टिमले प्रतियोगीतामा सुखद सुरुवात गरेको छ । परशुराम नगरपालिकाको भने यो पहिलो हार हो । उस्ले पहिलो खेलमा गोदावरी नगरपालिकालाई ४ विकेटले पराजित गरेको थियो ।

बुढीगंगा नगरपालिकाले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा परशुराम १७.५ ओभरमा १०५ रनमै समेटियो । परशुराम नगरपालिकाका लागि किरन धामीले २२ तथा महेन्द्र धामीले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनिय प्रर्दशन गर्न सकेनन । बुढीगंगा नगरपालिकाका लागि सुबोध ऐर एक्लैले ३ विकेट लिए । नागराज सिंह र सौर्य श्रेष्ठले समान दुई दुई विकेट लिएभने दिपक रोकाया र मदन शाहले समान एक एक विकेट दिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बुढीगंगा नगरपालिकाका लागि दिनेश वडले अर्धशतकिए पारी खेले । ४३ बलको सामना गरेका वडले ७ चौका र २ छक्का हिर्काउँदै ५४ रन बनाए । सुबोध ऐरले २३ रन बनाउँदा दिपक रोकायाले १६ रनको योगदान दिए । सुबोध ऐर खेलको म्यान अफ दी म्याच चुनिए ।

परशुराम नगरपालिकाका लागि महेन्द्र धामीले ३ तथा कप्तान अर्जुन बिक र राज बिकले समान एक एक विकेट लिए भने किरन धामीले एक विकेट लिए ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगीता चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ भने सुदूरपश्चिम प्रदेशका १२ स्थानीस्य तहका टोलीहरु सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर ,उत्कृष्ट ब्याटरलाई जनही १५/ १५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?