नवौं संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिग टि२० खुल्ला क्रिकेट प्रतियोगीताको खेल तालिका सार्वजनिक भएको छ । सोमबार आयोजक संस्था लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्टस प्रालिले सामाजिक सञ्जाल मार्फत खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगीताको उद्घाटन खेलमा पौष २७ गते लिटल फ्लावरका विरुद्ध आगन केक खेल्नेछ । खेल बिहान ९ः३० बजे सुरु हुनेछ । त्यस्तै दोश्रो खेल सोहिदिन दिउँसो १ः३० बजे राजपुर स्पोटर्स क्लबका विरुद्ध टिम बगैचाले खेल्नेछ ।

माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगीतमा १३ टोली सहभागी छन । समूह ए मा राजपुर स्पोर्टस क्लब धनगढी,निस्ट कलेज काठमाण्डौं र टिम बगैचा रहेका छन भने समूह बी मा युथ अफ टिकापुर,मधेश इलाइट र धनगढी रोयल्स रहेका छन । त्यस्तै समूह सी मा घोडाघोडी क्रिकेट एकेडेमी,खप्तड इण्डोर र एसपिए कलेज रहेका छन भने समूह सी मा आगन केक एण्ड डेरी,सुदूरपश्चिम ब्वाइज होस्टेल, लिटल फ्लावर स्पोटर्स क्लब र सत्यवति एकेडेमी रहेका छन ।

लिग कम नकआउट फरम्याटमा खेलाइने उक्त प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफाइनल खेल्ने प्रतियोगीताका संयोजक लोकराज जोशीले जानकारी दिए । संयोजक जोशीले प्रतियोगीतामा हालै सम्पन्न दोश्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल खेलेका दर्जनौं खेलाडी पनि सहभागी हुन भएकाले खेलहरु रोचक हुने बताएका छन ।
प्रतियोगीताको विजेता टोलीले नगद ६०,०००,आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३०,००० प्राप्त गर्नेछ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडीले नगद ४,०००,उदयमान खेलाडी,उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले समान दुई ÷ दुई हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १००० प्राप्त गर्ने लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्टस प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

२०७२ सालबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिगले आठ संस्करण पूरा गरिसकेको छ । विद्यालय स्तरका खेलाडीका लागि उमेर समूहको क्रिकेटमा प्रवेश गर्ने मुख्य बाटो बनेको एलपिएलमा सहभागी भएका करिबन तीन दर्जन खेलाडीले पहिलो र दोश्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल खेलिसकेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?