You are currently viewing एसपिए लिटल फ्लावर प्राइड लिग : सत्यवतीको शानदार जीत

एसपिए लिटल फ्लावर प्राइड लिग : सत्यवतीको शानदार जीत

सत्यवती एकेडेमीले नवौं लिटिल फ्लावर प्राइडट लिगमा फराकिलो जित हात पारेको छ। सोमबार सम्पन्न खेलमा आयोजक लिटिल फ्लावर स्पोर्ट्सलाई १०४ रनले पराजित गरेको हो। लिटिल फ्लावरको भने यो लगातार दोस्रो हार हो। यसअघि टोली आँगन केक एन्ड बेकरीसँग ७ विकेटले पराजित भएको थियो।

सत्यवतीको भने यो पहिलो खेल हो। सत्यवतीले दिएको १५५ रनको लक्ष्य पछ्याएको लिटिल फ्लावर १५ ओभरमा सबै विकेट गुमाउँदै ५० रनमा समेटियो।लिटिल फ्लावरका विशाल विष्टले सर्वाधिक १३ रन बनाए। ३१ बल खेलेका उनले दुई चौका प्रहार गरे।अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। लिटल फ्लावरले १४ रन अतिरिक्त पाएको थियो।

त्यसअघि धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सत्यवतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। सत्यवतीका अर्जुन विकले सर्वाधिक ४० रन बनाए। २६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

ओपनर इमरान शेख २३, खग्रेन्द्र जोशी २१, सुदीप अर्याल १९ र सन्दीप खत्री क्षेत्री १६ रनमा आउट भए।लिटल फ्लावरका अनिल रावलले सर्वाधिक ३ विकेट लिए। जीवन थलालले २ विकेट लिँदा लोकेश केसी, विराज विष्ट र सन्दीप भण्डारीले समान १ विकेट लिए ।

लिटिल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न क्लब, कलेज तथा एकेडेमी गरी १३ टोलीको सहभागिता रहेको छ।सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा राजपुर स्पोर्ट्स क्लब, निस्ट कलेज र टिम बगाइचा रहेका छन्। समूह ‘बी’ मा युथ अफ टिकापुर, मधेश इलाइट र धनगढी रोयल्स समावेश छन्।

समूह ‘सी’ मा घोडाघोडी क्रिकेट एकेडेमी, एसपीए कलेज र खप्तड इन्डोर छन् भने समूह ‘डी’ मा आगन केक्स एन्ड डेरी, लिटिल फ्लावर स्पोर्ट्स, सत्यवती एकेडेमी र सुदूरपश्चिम ब्वाइज होस्टेल रहेका छन्।प्रतियोगिताको विजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply