एसिया कप अघि नेपालसँग टी–२० सिरिज खेल्न तयारी गर्दै बंग्लादेश

१२ श्रावण,२०८२ : पाकिस्तानविरुद्धको टी–२० सिरिज सकिएपछि बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीले एसिया कपअघि कुनै आधिकारिक अन्तर्राष्ट्रिय खेल तय गरेको छैन। भारतले लिमिटेड ओभरको सिरिज स्थगन गरेपछि बंग्लादेशको तयारीबारे प्रश्न उठिरहेका छन्। तर, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले यो समयलाई सदुपयोग गर्ने प्रयास गरिरहेको छ। बीसीबीले भदौ (सेप्टेम्बर) मा तीन ठाउँमा हुने एनसीएल टी–२० प्रतियोगिता पुनः ल्याउने तयारी गरिरहेको छ।

File photo : T20 Worldcup 2024

पाकिस्तानविरुद्ध अन्तिम टी–२० खेलपछि कप्तान लिटन दासले एसिया कपअघि थप एक अन्तर्राष्ट्रिय सिरिज खेल्न पाए टिमलाई निकै सहयोग हुने प्रतिक्रिया दिएका थिए। तर, अधिकांश अन्तर्राष्ट्रिय टोलीको अगस्ट महिनामा व्यस्त तालिकामा छ, जसका कारण अर्को सिरिज तय गर्न गाह्रो भइरहेको छ। बीसीबी क्रिकेट अपरेसन्स अध्यक्ष नजमुल अबेदिन फहीमले नेपाल र नेदरल्यान्ड्ससँग टी–२० सिरिज आयोजना गर्ने विषयमा छलफल भइरहेको बताए।

File photo

भारत नआउने भएपछि हामी अर्को टोली ल्याउने सम्भावनाबारे हेर्दैछौं,’ फहीमले भने, “ठूला टोलीहरू व्यस्त छन्, त्यसैले सानासँग सिरिज खेल्न प्रयास गर्दैछौं। नेपाल वा नेदरल्यान्ड्ससँग सम्भावना देखिएको छ। हामी प्रयास गरिरहेका छौं। यद्यपि, उनीहरू सहमत हुन्छन् कि हुँदैनन् भन्ने अहिले भन्न सकिन्न।’बीसीबीले खेलाडीहरूको कार्यभार व्यवस्थापन पनि ध्यानमा राखेको जनाएको छ। लगातार सिरिजपछि विश्राम आवश्यक भएकाले खेलाडीहरू हाल १०–१२ दिनको ब्रेकमा छन्।

File Photo

एसिया कपको तयारी अगस्टको सुरुतिर सुरु हुनेछ। सो समयमा व्यक्तिगत सीप सुधारमा केन्द्रित उच्चस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकाबीच एसिया कपअघि पाएको यो सानो ‘विन्डो’लाई बीसीबीले प्राविधिक सुधारका लागि उत्कृष्ट अवसरको रूपमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top