You are currently viewing एसिसी यु १६ क्रिकेट : सिंगापुर विरुद्ध नेपालको शानदार जीत,नायक बने प्रशिद्ध जैशी र रौनक श्रीवास्तव /@NEP vs SIN
Photo : CAN

एसिसी यु १६ क्रिकेट : सिंगापुर विरुद्ध नेपालको शानदार जीत,नायक बने प्रशिद्ध जैशी र रौनक श्रीवास्तव /@NEP vs SIN

असार ८,धनगढी : प्रशिद्ध जैशी र रौनक श्रीवास्तवको सानदार ब्याटिङसँगै साबिक विजेता नेपालले एसिसी यु १६ क्रिकेट इस्ट कपमा विजयी सुरुआत गरेको छ। आइतबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।

photo : CAN

नेपाललाई जित दिलाउन प्रशिद्धले अविजित रहँदै ५५ रन बनाए। ९७ बल खेलेका उनले ५ चौका प्रहार गरे। रौनकले भने ४४ बलमा ५ चौका र १ छक्कासहित ४० रनको योगदान दिए। अन्य ब्याटरको भने राम्रो प्रदर्शन हुन सकेन। सिंगापुरका आकाश तेजाले ३ तथा युभान पाण्डेले १ विकेट लिए।

Photo : CAN

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको सिगांपुरले ३६।१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो। सिंगापुरका कप्तान रियान नायकले सर्वाधिक ५३ रन बनाए। ५३ बलमा उनले ९ चौका प्रहार गरे। ओपनर आहान भुधानभाम ३८ र अर्का ओपनर रोशन अरुन ११ रनमा आउट भए।

Photo : CAN

नेपालका कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले १ मेडनसहित ३४ रन खर्चिए। सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए। नेपालले आफ्नो दोश्रो खेल २४ जुनमा जापान विरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply