You are currently viewing कक्षा ८ र एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै एरिष्टो स्कुलले गर्यो शिक्षकहरुलाई सम्मान

कक्षा ८ र एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै एरिष्टो स्कुलले गर्यो शिक्षकहरुलाई सम्मान

असार २४,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले कक्षा ८ र एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालय प्रांगणमा एक कार्यक्रम आयोजना गरि विद्यालयमा कक्षा ८ र कक्षा १० मा अध्यापनरत ११ जना शिक्षक शिक्षिकाहरुलाई खादा र नगद सहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरी क्षेत्री,प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्री,विभिन्न विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।


एरिष्टोबाट २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी १२७ जना विद्याथीहरु मध्ये दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा अर्थात ४ जिपिए प्राप्त गरेका छन ।

एरिष्टोका गौरव उपाध्याय र प्रदिप गिरीले ४ जिपिए प्राप्त गरी एउटै विद्यालयबाट दुई विद्यार्थीले ४ जिपिए ल्याउने सुदूरपश्चिम प्रदेशमा पहिलो विद्यालय बनेको छ । गौरव उपाध्याय र प्रदिप गिरी तिनै विद्यार्थी हुन जस्ले धनगढी उपमहानगरपालिकाले २०८० मा सञ्चालन गरेको बोर्ड परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउँदै धनगढी उपमहानगरपालिकामा प्रथम भएका थिए ।


अनुशासित विद्यार्थी र मिहनेती शिक्षकहरुको टिमले गर्दा हरेक वर्ष राम्रो नतिजा आइरहेको विद्यालयकी प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्रीले बताइन । उनले अरुकुरा जे जस्तो भएपनि आफूहरु गुणस्तरमा सम्झौता नगर्ने भएकै कारण एरिष्टोले उत्कृष्ट नतिजा दिइरहेको पनि बताएकी छन । ३ दशकदेखि सुदूरपश्चिममा उत्कृष्ट नतिजा दिदै आएको एरिष्टो माविले यसपटकबाट आफ्नै सुविधा सम्पन्न भवनबाट कक्षा ११ मा व्यवस्थापन संकायमा पठनपाठन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply