You are currently viewing कञ्चनपुरका २७ वर्षीय युवाको मृत्यु प्रकरणमा वडासदस्यसहित चार जना पक्राउ

कञ्चनपुरका २७ वर्षीय युवाको मृत्यु प्रकरणमा वडासदस्यसहित चार जना पक्राउ

३०भाद्र,धनगढीः कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका २७ वर्षीय नरेश धानुक मृत्यु प्रकरणमा वडासदस्यसहित चार जना पक्राउ परेका छन्। शुक्रबार राति आफ्नै कोठामा फेसबुक लाइभ गर्दै धानुकले जनप्रतिनिधि र अन्य व्यक्तिहरूको नाम लिएपछि झुण्डिएर आत्मा हत्या गरेका थिए । धानुकले फेसबुक लाइभमै वडा सदस्य अमर बोहरा, भोजराज पन्त, खेम बोहरा र जनक धानुकले आफूलाई नाङ्गै बनाएर कुटपिट गरेको र त्यसकै कारण झुण्डिन बाध्य भएको बताएका थिए। परिवारले सोही भिडियोको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए।


धानुकको फेसबुक लाइभ भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा उनले आफूलाई काँग्रेस नेता तथा वडा सदस्य अमर बोहराले जेन–जी आन्दोलनमा सहभागी भएको भन्दै कुटपिट गरेको र अन्यले समेत टाउकोमा प्रहार गरी अपमान गरेको दाबी गरेका छन्। अन्तिममा उनले गुडबाई भन्दै आत्महत्या गरेका थिए। शनिबार धानुकको अन्त्येष्टि गरिएको थियो। मृतककी दिदी हिरा रावलले वडा सदस्य बोहराले मदिरा सेवन गराएर भाइलाई कुटपिट गरेको आरोप लगाइन्। उनले मृतकको परिवारलाई न्याय दिनुपर्ने माग गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply