You are currently viewing कप्तान स्नेहा महराको अलराउण्ड प्रर्दशनमा कैलालीको लगातार दोश्रो जित /@SnehaMahara

कप्तान स्नेहा महराको अलराउण्ड प्रर्दशनमा कैलालीको लगातार दोश्रो जित /@SnehaMahara

असार १४,धनगढी : धनगढीको फाप्लामा जारी सुदूरपश्चिम प्रदेश स्तरीय यु १९ महिला टि–२० प्रतियोगीतामा कैलालीले लगातार दोश्रो जीत निकालेको छ । पहिलो खेलमा कञ्चनपुरसँग २ विकेटले पराजित भएको कैलालीले त्यसपछि भने लगातार दोश्रो जित निकालेको छ । बझाङ्गको भने यो लगातार दोश्रो पराजय हो ।

शुक्रबार बिहान सम्पन्न खेलमा कैलालीले अछामलाई १०० रनले पराजित गरेको थियो भने शनिबार बझाङ्गलाई ६ विकेटले पराजित गरेको छ । बझाङ्गले दिएको ११७ रनको लक्ष्य कैलालीले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कैलालीको जितमा कप्तान स्नेहा महराले २६ रनको अविजित पारी खेलिन । त्यस्तै चेतना कुँवरले २२,हिशिला खड्काले १७,इरांशा चौधरीले १३ तथा करुणा बिष्टले १२ रनको पारी खेलिन । बझाङ्गका लागि तिलहरी जप्रेल र रोशनी कुमारी दौल्यालले समान एक एक विकेट प्राप्त गरिन ।

तयसअघि टस जितेर पहिला ब्याटिङ गरेको बझाङ्गले कप्तान अनु कडायतको उत्कृष्ट अर्धशतकमा ७ विकेट गुमाएर ११६ रनको योगफल तयार पारको थियो । कप्तान अनुले ४३ बलमा ५ चौका र २ छक्काको मद्दतले ५५ रन बनाइन । त्यस्तै तिलहरी जप्रेलले २० रन बनाउनु बाहेक अन्य ब्याटरहरुले उल्लेखनिय प्रर्दशन गर्न सकेनन । कैलालीका लागि इरांशा चौधरीले तीन तथा कप्तान स्नेहा महराले दुइ र रचना बोहराले एक विकेट प्राप्त गरिन । आजको खेलमा पनि कप्तान स्नेहा महरा नै म्यान अफ दि म्याच चुनिइन । उनी हिजो सम्पन्न अछाम विरुद्धको खेलमा पनि म्यान अफ दि म्याच चुनिएकी थिइन ।

सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा असार १२ गतेबाट सुरु भएको प्रतियोगीता असार १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगीतामा प्रदेशका ८ टोली सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख र उपविजेता टोलीले नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएकोछ । यस्तै, सान्त्वना २ टिमलाई नगद ५०/५० हजार प्रदान गरिने छ भने ‘म्यान अफ द सिरिज’ लाई २५ हजार, ‘बेष्ट ब्याट्सम्यान’ र ‘वेष्ट बलरलाई १५÷१५ हजार तथा ‘उदयमान खेलाडी’ लाई १० हजार र ‘म्यान अफ द म्याच’ को रुपमा २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

Leave a Reply