८श्रावण २०८२ः हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष क्लब च्याम्पियन्स लिगमा कांस्य पदक हात पारेको छ । बुधबार तेस्रो स्थानका लागि भएको खेलमा हेल्प नेपालले श्रीलंका पोर्टस अथोरिटीविरुद्ध ३-१ को सेटमा जित दर्ता गर्यो।

सुरुआती दुई सेट २५-२०, २५-१५ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट भने २०- २५ ले गुमायो । चौथो २५-२१ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले तेस्रो स्थान सुरक्षित गर्यो । लिग चरणमा हेल्प नेपाल तेस्रो र श्रीलंका पोर्टस चौथो स्थानमा रहेका थिए ।

हेल्प नेपालले लिग चरणमा पनि श्रीलंका पोर्टसलाई पराजित गरेको थियो । यसैगरी काजकिस्तानको झाइयक तथा माल्दिभ्सकाधिवेही सिफाइङ्गे र क्लब एचडिसीलाई हराएको हेल्प नेपालले किर्गिस्तानको बिस्केसँग हार व्यहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?