You are currently viewing कैदीबन्दी पक्राउ पर्ने क्रम चल्दै, स्थानीय बासिन्दाले पनि समातेर बुझाउन थाले

कैदीबन्दी पक्राउ पर्ने क्रम चल्दै, स्थानीय बासिन्दाले पनि समातेर बुझाउन थाले

२६भाद्र,२०८२ः सप्तरीको राजविराजमा रहेको कारागारबाट भाग्ने प्रयास गरिरहेका १ सय ९२ जना कैदीबन्दीलाई नेपाली सेनाले पक्राउ गरेको छ ।
यस्तै कञ्चनपुरको चाँदनीमा भारततर्फ जाँदै गरेका ७ जना कैदीलाई भारतीय सीमा सुरक्षा बलले समातेर नेपाली सेनालाई बुझाएको छ । १ जना कैदीलाई स्थानीय बासिन्दाले समातेर इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् । कञ्चनपुर कारागारबाट भागेकामध्ये १२ जना कैदी आफैँ कारागारमा हाजिर भएका छन् । यस्तै रामेछापमा रहेको कारागारका कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले चलाएको गोली लग्दा २ जना कैदीबन्दीको ज्यान गएको छ । १२ जना कैदी घाइते भएका छन् ।


अहिलेसम्म देशभरको कारागारबाट भागेकामध्ये १ हजार ४ सय ५५ जना कैदीबन्दी पक्राउ परेका छन् । अझै १२ हजार ८ सय ५२ जना कैदीबन्दी फरार छन् । त्यसैगरी प्रहरी हिरासतमा रहेका ५ सय ७३ थुनुवा फरार भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply