कैलालीमा धार्मिक सद्भाव जोगाउन कडा निर्णय, अनुमति बिना सभा–र्‍याली गर्न नपाइने

कैलाली जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । पछिल्लो समय देशका केही जिल्लामा देखिएका धार्मिक तनाव र सामाजिक असहिष्णुतालाई मध्यनजर गर्दै कैलालीमा शान्ति, सुरक्षा र आपसी सद्भाव कायम राख्न विशेष सतर्कता अपनाउने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीको आह्वानमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा कैलालीका बिभिन्न नागरिक समाज, धर्मगूरु, समुदायकका अगुवाहरुको उपस्तीथिका बैठकमा सो निर्णय गरिएको हो ।

बैठकले जिल्लाभित्र हुने कुनै पनि धार्मिक सभा, जुलुस, र्‍याली तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने निर्णय गरेको छ । साथै कुनै पनि धार्मिक समुदायको भावना आहत हुने गतिविधि, उत्तेजक अभिव्यक्ति, हतियार, लाठी, भाला लगायतका सामग्री प्रदर्शन तथा सामाजिक सञ्जालमार्फत धार्मिक द्वेष फैलाउने कार्य नगर्न सबैलाई आग्रह गरिएको छ ।

निर्णयअनुसार सबै स्थानीय तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरिनेछ । कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सभा, जुलुस वा र्‍याली नगर्न तथा अर्को समुदायको धार्मिक आस्थामा असर पुग्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।

यस्तै, सामाजिक सञ्जालमा भड्काउ सामग्री पोस्ट, लाइक वा सेयर गरेर धार्मिक सद्भाव बिथोल्ने प्रयास गर्ने व्यक्ति वा संस्थामाथि तत्काल कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । बैठकले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै भारतसँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले अनिवार्य रूपमा आफ्नो आधिकारिक परिचयपत्र  देखाएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा राजनीतिक दल, धार्मिक समुदाय, व्यवसायी, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा सर्वसाधारणको सहभागितामा साउन १८ गते धनगढीमा ‘नागरिक सद्भाव ¥याली’ आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । ¥यालीमार्फत शान्ति, सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top