११ श्रावण,२०८२ : कैलाली जिल्ला फुटबल संघको कार्यसमिति बैठक सम्पन्न भएको छ । आइतबार गोदावरी नगरपालिका वडा न.८ जमुनानगरमा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लको अध्यक्षता तथा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकमा कैलालीको फुटबललाई कसरी विकास गर्न सकिन्छ र नयाँ ढंगबाट अगाडी बढ्न सकिन्छ भन्नेबारे घनिभुत छलफल भएको छ ।

पछिल्लो समय कैलाली जिल्ला फुटबल संघले जिल्ला भरमा फुटबलजन्य गतिविधिलाई सकृय गराएको छ । उस्ले धनगढी उपमहानगरपालिका,गो ड्रिमर्स प्राली र मनकामना युवा क्लब लगायतका संस्थासँग समन्वय गरेर ग्रासरुट फुटबल प्रशिक्षणलाई तिब्रता दिइरहेको छ । हाल जिल्ला भरमा महिला र पुरुष गरी हजारौं युवा दैनिक फुटबल प्रशिक्षण गरिरहेका छन । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य समेत रहेका अनिल मल्लले पछिल्लो समय जिल्ला कार्यसमितिलाई विभिन्न जिम्मेवारी दिदै चलायमान बनाएको छ ।

आइतबार गोदावरी नगरपालिका वडा न.८ जमुनानगर सम्पन्न कैलाली जिल्ला फुटबल संघको बैठकले निम्न प्रस्तावहरुमाथि छलफल गरेको छ ।
१–उमेर समुहको फ्रेन्चाईज(franchise)फुटबल प्रतियोगिता सम्बन्धमा,
२–ग्रासरुट फुटबल प्रशिक्षण सम्बन्धमा,
३–संघसँग आवद्ध क्लबहरुको फिफा कनेक्ट सम्बन्धमा,
४–क्लब सुचीकृत सम्बन्धमा,
५–प्रशिक्षक र रेफ्री सदस्यता सम्बन्धमा,
६– संघको जिम्मेवारी हेरफेर सम्बन्धमा,
७– महिला फुटबल विकास समिति गठन सम्बन्धमा,
८– कार्यसमिती सदस्य मनोनयन सम्बन्धमा,
१०– प्रशिक्षक समिति सम्बन्धमा,
११– एन्फा कम्युनिटि कोर्स संचालन सम्बन्धमा,
१२– संघमा आवद्ध क्लब र सुचिकृत क्लबहरुको अध्यावधिक सम्बन्धमा,
१३–कार्यसमिति सदस्य निलम्बन अथवा निस्कासन सम्बन्धमा,
१४–विद्यालय फुटबल विकास सम्बन्धमा,
१५– संघको लोगो प्रमोसन सम्बन्धमा र
१६– विविध सम्बन्धमा ।
![]()
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

