You are currently viewing कैलाली ५ बाट विजयी चन्द भन्छन् : “सुदूरपश्चिमको समग्र विकासमा केन्द्रित हुन्छु”

कैलाली ५ बाट विजयी चन्द भन्छन् : “सुदूरपश्चिमको समग्र विकासमा केन्द्रित हुन्छु”

कैलाली क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले कैलाली मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि आफू निरन्तर तल्लिन रहने बताएका छन्।

निर्वाचित भएपछि  आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताबाट प्राप्त ठूलो मतले आफूलाई अझ बढी जिम्मेवार बनाएको बताए। “जति धेरै मत, त्यति धेरै जिम्मेवारी हुन्छ। आजसम्मकै धेरै मत प्राप्त गरेको कारण मेरो जिम्मेवारी पनि त्यत्तिकै बढेको छ,” उनले भने।

डा. चन्दले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय जनताको सल्लाह-सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। विकासका काम प्रभावकारी बनाउन सबै क्षेत्रका नागरिक तथा सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले हाल प्राप्त गरेको जनमतको सम्मान गर्दै जनताको अपेक्षा अनुसार काम गर्नेमा ढुक्क रहन उनले आग्रह गरे।

काङ्ग्रेसको गढ मानिँदै आएको कैलाली क्षेत्र नम्बर ५ मा भारी मतान्तरले विजयी भएका चन्दले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply