You are currently viewing क्रिकेटर विनोद भण्डारी ब्रेड बक्सको ब्रान्ड एम्बासडर नियुक्त /BinodBhandari/BreadBoxCafe

क्रिकेटर विनोद भण्डारी ब्रेड बक्सको ब्रान्ड एम्बासडर नियुक्त /BinodBhandari/BreadBoxCafe

धनगढी, २३ कार्तिक २०८२ आइतबार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यान विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ। आइतबार धनगढी स्थित क्याफेमा आयोजित एक विशेष समारोहका बिच उक्त घोषणा गरिएको हो।

क्याफेले भण्डारीको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उहाँको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ।ब्रेड बक्सले आफै स्थानीय उत्पादन र गुणस्तरीय स्वादलाई सुदूरपश्चिम देखि देशभर परिचित गराउने अभियान अघि बढाइरहेको छ।

कार्यक्रममा बोल्दै ब्रेड बक्सका सञ्चालक सुवास शाहीले भने, “विनोद भण्डारी सुदूरपश्चिमका गौरव हुन्। उहाँको अनुशासन, मेहनत र नेतृत्व क्षमताले हाम्रो ब्रान्डको मूल सोच प्रतिनिधित्व गर्छ। यो सहकार्यले युवामा स्थानीय उत्पादन प्रतिको विश्वास अझ बढाउनेछ।”त्यसै गरी, नयाँ ब्रान्ड एम्बासडर बनेका भण्डारीले भने, “ब्रेड बक्स जस्तो ब्रान्डसँग जोडिन पाउँदा गर्व लागेको छ। म आफैँ सुदूरपश्चिमको माटोबाट आएको खेलाडी हुँ र स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने यात्रामा ब्रेड बक्स सँग सहकार्य गर्न पाउँदा खुसी छु।”

क्रिकेटको सहर धनगढीमा ब्रेड बक्सका तिन ओटा शाखा रहेका छन् । क्याफेले केक, कुकिज, ब्रेड र पेस्ट्रीज लगायतका विभिन्न डेरी प्रडक्टहरू उत्पादन गर्दै आएको छ। साथै, ब्रेड बक्स धनगढीमा कफी, मःम, पिज्जा लगायतका स्वादिष्ट परिकारका लागि पनि प्रख्यात छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply