गोदावरीमा शीतभण्डार निर्माण

३०श्रावण,२०८२ः गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको प्राङ्गणमा शीतभण्डार निर्माण गरिएको छ । उक्त शीतभण्डारको निर्माणको काम सम्पन्न भइसकेकाले यही तिहार अगावै कृषि बजार व्यवस्थापन समिति अत्तरियालाई हस्तान्तरण गर्ने तयारी भएको कृषि विकास निर्देशनालयका महानिर्देशक खगेन्द्रप्रसाद शर्माले जानकारी दिएका छन्।

उनका अनुसार शीतभण्डार निर्माणका लागि कृषि विकास निर्देशनालयले भ्याटसहित एक करोड १६ लाख ७७ हजार ९६३ रकम विनियोजन गरेको थियो। निर्माण सम्पन्नका लागि २०७८ जेठ २० गते अंशु निर्माण सेवा नवदुर्गा डडेल्धुरासँग भ्याटसहित रु ९२ लाख ४२ हजार १६६ मा ठेक्का सम्झौता भएको थियो। निर्माण सम्पन्न हुँदासम्म रु ९१ लाख १६ हजार ४२५ यथार्थ खर्च भएको उनले भने। शीतभण्डारको क्षमता ३५० मेट्रिकटन (तीन हजार पाँच सय) क्विन्टल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top