You are currently viewing चौथो संस्करणको एसपिए कैलाली प्राइड लिगको तयारी पूरा,विजेता टोलीले ३ लाख पुरस्कार पाउने

चौथो संस्करणको एसपिए कैलाली प्राइड लिगको तयारी पूरा,विजेता टोलीले ३ लाख पुरस्कार पाउने

अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगको तयारी पूरा भएको छ । आयोजक संस्था जिल्ला क्रिकेट संघ कैलालीले बुधबार पत्रकार सम्मेलन मार्फत प्रतियोगीताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । टि२० फरम्यार्टमा खेलाइने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहका टोली सहभागी हुँदैछन । जसअन्तर्गत समूह ए मा धनगढी उपमहानरपालिका,आलिताल गाउँपालिका र बरदगोरिया गाउँपालिका रहेका छन । समूह बी मा घोडाघोडी नगरपालिक,भीमदत्त नगरपालिक र पूनर्वास नगरपालिका ए रहेका छन । समूह सी मा गोदावरी नगरपालिक,बुढीगंगा नगरपालिक र परशुराम नगरपालिका रहेका छन भने समूह डी मा लम्कीचुहा नगरपालिक,टिकापुर नगरपालिका र पुनर्वास नगरपालिक बी रहेका छन ।


प्रतियोगीताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए । त्यस्तै उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ भने प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर,उत्कृष्ट ब्याटरलाई जनही १५/ १५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्नेछ ।

धनगढीको फाप्ला अन्तराष्ट्रिय खेल मैदानमा आयोजना हुने प्रतियोगीताको फाल्गुन २८ गते बिहान ९ बजे नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।चैत्र ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगीताको मुख्य प्रायोजक धनगढीको एसपिए कलेज रहेको छ भने उक्त प्रतियोगीता सम्पन्न गर्न अनुमानित कुल २६ लाख २५ हजार खर्च लाग्ने जिल्ला क्रिकेट संघ कैलालीका कोषाध्यक्ष विनोद लामाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply