You are currently viewing जिल्ला कारागार डडेल्धुराबाट निस्केर भागेका कैदीबन्दीमध्ये २७ जना पक्राउ

जिल्ला कारागार डडेल्धुराबाट निस्केर भागेका कैदीबन्दीमध्ये २७ जना पक्राउ

२५ भाद्र,२०८२ः आन्दोलनकारीले सुरक्षाकर्मीबाट लुटेको हतियारमध्ये थप एक थान हतियार बरामद गरेको सेनाले जनाएको छ । योसहित ३२ नाल हतियार बरामद भएको छ ।
यस्तै डडेल्धुरामा रहेको जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीमध्ये २७ जनालाई पक्राउ गरेको सेनाले जनाएको छ । यस्तै महाराजगञ्जमा रहेको भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।


यस्तै डिल्लीबजार–नारायणथान क्षेत्रमा सुरक्षा फौजलाई देखेपछि छोडेर भागेको २ लाख ३२ हजार पाँच सय रुपैयाँ र २ हजार ५ सय अमेरिकी डलर बरामद गरेको सेनाले जनाएको छ । सेनाले हिजो बेलुका १० बजेदेखि सुरक्षाको नेतृत्व लिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply