जिल्ला प्रशासन कार्यालय कैलालीमा अत्यावश्यक सेवा सुचारुका लागि एक्सिस विद्याश्रमले गर्यो फर्निचर लगायतका सामाग्री सहयोग

जेन्जी आन्दोलनको क्रममा तहसनहस बनेको जिल्ला प्रशासन कार्यालय कैलालीलाई धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा रहेको एक्सिस विद्याश्रमले फर्निचर लगायतका सामाग्री सहयोग गरेको छ ।
विद्यालयको फेसबुक पेजमा पोष्ट गर्दै एक्सिस विद्याश्रमले जिल्ला प्रशासन कार्यालय कैलालीलाई सहयोग गरेको जानकारी गराएको छ ।
विद्यालयले फेसबुक पेजमा लेखेको छ ....
“Gen-Z आन्दोलनका क्रममा भएको आगजनीले गर्दा जिल्ला प्रशासन कार्यालय कैलालीको भौतिक संरचनामा क्षति पुग्नुका साथै कार्यालय सुचारु गर्न चाहिने अति आवश्यक फर्निचरको खांचोलाई मध्यनजर गर्दै र हाम्रो सामाजिक उत्तरदायित्वको भुमिकालाई पुरा गर्नका लागी पनी हाम्रो बिद्यालयको तर्फबाट एक थान अफिस टेबल, एउटा रिवल्वींग चेयर र दश वटा प्लास्टिकका कुर्ची सहयोग स्वरुप उपलब्ध गराएका छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top