जेन्जी आन्दोलनमा पूर्व कर्मचारी शाहको संलग्नता संस्थागत होइन : चैतन्य पाठशाला

२७भाद्र,धनगढीः धनगढी–५ शिवनगरमा अवस्थित चैतन्य पाठशालाले आफ्नो प्रतिष्ठामाथि लक्षित गरी सार्वजनिक भएका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
विद्यालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व कर्मचारी भरतविक्रम शाहको जेनजी आन्दोलनमा व्यक्तिगत संलग्नता भएलाकाले सामाजिक सञ्जालमार्फत संस्थाबारे भ्रमपूर्ण र अप्रामाणिक प्रचार नगर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, चैतन्य पाठशाला शुद्ध शिक्षा र संस्कारको मन्दिर हो। संस्थामाथि भएको यस्ता निराधार टिप्पणीले संस्थाको छवि, सरोकारवाला र शुभेच्छुक व्यक्तिहरूमा नकारात्मक प्रभाव पार्ने प्रयास भएको छ। विद्यालयले पूर्व कर्मचारीको व्यक्तिगत विषयलाई संस्थासँग नजोड्न अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top