जेन–जी आन्दोलनः ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो, ३ सय २१ जनाको उपचार चल्दै

२६भाद्र,२०८२ःस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेन–जी’ आन्दोलनमा परी ज्यान गुमाउनेको सङ्ख्या ३४ जना पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बी एन्ड सी अस्पतालमा १, विर्तासिटी अस्पतालमा १, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र भेरी अस्पतलालमा ५ गरी ३४ जनाको ज्यान गएको हो ।


मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अहिलेसम्म देशभरका ४१ वटा अस्पतालमा १ हजार ३ सय ६८ जनाको उपचार भएको छ । त्यसैगरी अहिले ३ सय २१ जना घाइतेको उपचार भइरहेको छ । मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार ९ सय ४९ जना उपचारपछि घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top