You are currently viewing जेन–जी प्रदर्शनमा भएको आगजनी तथा लुटपाटको तस्वीर र भिडियो पठाउन प्रहरीको आग्रह

जेन–जी प्रदर्शनमा भएको आगजनी तथा लुटपाटको तस्वीर र भिडियो पठाउन प्रहरीको आग्रह

२७भाद्र,धनगढीः नेपाल प्रहरीले ‘जेन–जी’ प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटको तस्वीररभिडियो पठाउन आग्रह गरेको छ ।प्रहरीले आज सूचनामार्फत भदौ २३ र २४ काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट, अप्रिय घटना, आमसर्वसाधारणमा त्रास सिर्जना हुने घटनासँग सम्बन्धित तस्वीररभिडियो पठाउन आग्रह गरेको हो ।

घटनासँग सम्बन्धित तस्वीररभिडियो, सामाजिक सञ्जालका लिङ्क पठाउनेहरूको गोपनीयता कायम रहने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply