You are currently viewing टप एण्ड टी–२० प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोली स्थानीय क्लबहरुसँग थप खेल खेल्ने

टप एण्ड टी–२० प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोली स्थानीय क्लबहरुसँग थप खेल खेल्ने

२९ श्रावण,२०८२ः आजदेखि सुरु हुन लागेको टप एण्ड टी–२० प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोलीले त्यसपछि त्यहाँका स्थानीय क्लबहरुसँग थप खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार टप एण्ड टी–२० सिरिजपछि नेपालले दुईवटा क्लबसँग थप पाँच वटा अभ्यास खेल खेल्ने भएको छ । क्यानद्धारा सार्वजनिक खेल तालिकाअनुसार २६ र २८ अगष्टमा दुई÷दुई र ३० अगष्टमा एक खेल हुनेछ ।


जसमा चारवटा खेलहरु टी–२० हुनेछन् भने अन्तिम खेल एक दिवसीय हुनेछ । नेपालले २६ अगष्टमा क्रिकेट एसीटी टिमविरुद्ध दुईवटा टी–२० खेल एकैदिन खेल्नेछ । यस्तै २८ अगष्टमा साउथ अस्ट्रेलिया टिमसँग पनि दुई टी–२० खेल्नेछ । ३० अगष्टमा भने साउथ अस्ट्रेलियासँगै एक दिवसीय खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply