मलेसीयामा जारी एसिसि यु-१९ महिला प्रिमियर कपमा नेपाली यू-१९ महिला टोलीकी ओपनर सावित्री धामीले कतार विरुद्ध शानदार अर्धशतकिय पारी खेलेकी छन ।

धामीले साना प्रविनसँग ८० रनको ओपनिङ साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएकाी थिइन । ४७ बलको सामना गरेकी धामीले ५ चौका हिर्काउँदै ५२ रन बनाइन ।

यो खेलमा नेपालले कतारलाई १०५ रनले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निवासी धामी लामो समयदेखि क्रिकेट खेलमा सकृय छन । घरेलु क्रिकेट सुदूरपश्चिमबाट खेलिरहेकी उनले यु१९ विश्वकप समेत खेलिसकेकी छन भने राष्ट्रिय टोलीको सदस्य समेत रहिसकेकी छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?