You are currently viewing प्रविन र धामीले उत्कृष्ट प्रर्दशन गर्दा सिंगापुरमाथि नेपालको शानदार जीत

प्रविन र धामीले उत्कृष्ट प्रर्दशन गर्दा सिंगापुरमाथि नेपालको शानदार जीत

असार २८,धनगढी : मलेसियामा जारी एसिसी महिला यु १९ प्रिमियर कपमा नेपालले लगातार दोश्रो जीत हाँसिल गरेको छ । पहिलो खेलमा कतारलाई १०५ रनले पराजित गरेको नेपालले भर्खरै सम्पन्न खेलमा सिंगापुरलाई १५१ रनको विशाल अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २०० रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ४८ रन बनाउन सक्यो । उस्का लागि अंकिता वर्षराजले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको र्न बनाउन सकेनन ।

नेपालका लागि अनु कडायतले सर्वाधिक ३ विकेट चट्काइन । त्यस्तै मनिषा उपाध्याय र रिया शर्माले समान दुइ दुई तथा कप्तान सोनी पाख्रिनले एक विकेट लिन सफल भइन । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरको नेपालले १९९ रनको किर्तिमानी ओपनिङ्ग साझेदारी गरेको थियो ।

नेपालका लागि ओपनर साना प्रविन र सावित्री धामीले १९९ रनको कीर्तिमानी ओपनिंग साझेदारी गर्दै नेपाललाई विशाल योगफल तर्फ डोर्याए। प्रविन शतक बनाउन २ रनले चुक्न पुगिन्। ७० बलको सामना गरेकी सानाले १३ चौकाको मद्दतले अविजित ९८ रन बनाइन भने ५३ बलको सामना गरेकी सावित्री धामीले १३ चौकाको मद्दतले अविजित ७८ रन बनाइन ।

अघिल्लो खेलमा कतार विरुद्ध ५२ रनको उत्कृष्ट पारी खेलेकी सावित्री धामीले दोश्रो खेलमा पनि सोहि लयलाई कायमै राख्दै शानदार प्रर्दशन गरिन । अब नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङ विरुद्ध खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply