टीकापुरमा आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

भाद्र १९,धनगढीः कैलालीको टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउने चितुवालाई बुधबार नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले चितुवालाई ट्रयापमा पारेर नियन्त्रणमा लिएको हो ।
चितुवाले भदौ १ गते शिक्षालयभित्र पसेर बाख्रा र भदौ ३ गते कुकर खाएपछि नियन्त्रणमा लिन वन कार्यालयमार्फत बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग मागिएको थियो । निकुञ्जले भदौ ४ गते राखेको ट्रयापमा बुधबार बिहान २ बजेतिर भाले चितुवा थुनिएर नियन्त्रणमा आएको शिक्षालयका प्रमुख पारस खड्काले बताए ।
नियन्त्रणमा आएको चितुवा बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बुधबार बेलुका निकुञ्जतिर लगेको छ । टीकापुर प्राविधिक शिक्षालय टीकापुर पार्कलगायत कर्णाली किनारमा सामुदायिक वनसँग जोडिएको छ । ‘बाघको सङ्ख्या बढेकाले ठूलो जंगलमा चितुवा टिक्न सक्दैनन्’ सव–डिभिजन वन कार्यालय टीकापुरका फरेष्टर भिष्मराज ओझाले भने, ‘जङ्गलको बाहिरपट्टि बस्ने भएकाले आहार खोज्दा गाउँनजिक भएकाले गाउँतिर आउने गरेको देखियो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top