You are currently viewing ट्राफिक प्रहरी जोशी धनगढीमा सम्मानित

ट्राफिक प्रहरी जोशी धनगढीमा सम्मानित

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत सहायक हवल्दार हेमराज जोशी उत्कृष्ट रूपमा जिम्मेवारी निर्वाह गरेको भन्दै चैतन्य पाठशालाद्वारा सम्मानित भएका छन् । ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा विद्यार्थी लक्षित सचेतनामूलक गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याएको कदर गर्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई सम्मानपत्र हस्तान्तरण गरे ।

सम्मान कार्यक्रममा प्रदेश प्रमुख मियाँले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायातका लागि ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवार प्रहरी कर्मचारीहरूको सेवाभावले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

सम्मानित सहायक हवल्दार जोशीले प्राप्त सम्मानले थप उत्साह र जिम्मेवारी बढाएको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

चैतन्य पाठशालाले शिक्षा संस्थामार्फत विद्यार्थीहरूलाई ट्राफिक नियमप्रति सचेत गराउँदै सुरक्षित समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले यस्ता सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

#Agralekh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply