२६ असार,२०८२ : ट्वान्टी-२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपालले पहिलो चरणको प्रतिस्पर्धामा नेपालले कुवेत र जापानको सामना गर्न भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, कुवेत र जापान समूह ‘बी’मा परेका हुन् ।

सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार छन् । त्यस्तै समूह ‘सी’मा ओमान, पपुवा न्यु गिनी र समओले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउनेछन् ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन।ओमानमा हुने छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?