You are currently viewing प्याब्सन सुदूरपश्चिम प्रदेश समितिको दोश्रो प्रदेश परिषद भेला सम्पन्न

प्याब्सन सुदूरपश्चिम प्रदेश समितिको दोश्रो प्रदेश परिषद भेला सम्पन्न

नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोश्रो प्रदेश परिषद भेला सम्पन्न भएको छ । सनिबार धनगढीको होटेल पौवामा एक भव्य कार्यक्रमका बीच प्याब्सन सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष सिबी चन्दको अध्यक्षतामा सम्पन्न उक्त परिषद भेलाको प्रमुख अतिथि नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) का अध्यक्ष कृष्ण प्रसाद अधिकारी रहेका थिए ।

प्रमुख अतिथि अधिकारीले देशमा रोजगारी सिर्जना गर्न होस वा आर्थिक गतिविधि चलायमानका लागि नीजि विद्यालयको भूमिका अतुलनिय रहेको बताए । उनले राज्यलाई करोडौं रुपयाँ कर तिर्नेदेखि लिएर बेरोजगारी समस्या समाधानमा पनि नीजि विद्यालयहरु अग्रभागमा रहेपनि राज्यले भने जहिल्यै सौतेनो व्यवहार गरिरहँदा दुख लाग्ने गरेको बताए ।

परिषद भेलामा प्रदेश सचिव तर्कराज भट्राईले सांगठिनिक प्रतिवेदन पेश गरेभने कोषाध्यक्ष भवान सिंह बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । उक्त कार्यक्रममा प्याब्सन केन्द्रिय कार्यसमितिका पदाधिकारी,केन्द्रिय सदस्यहरु,केन्द्रिय सल्लाहकार,प्राज्ञिक सल्लाहकार,पूर्व केन्द्रिय सदस्यहरु,प्रदेशका पदाधिकारी,सल्लाहकार लगायत नौ ओटै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply