You are currently viewing कैलाली ५ मा रोचक भिडन्त,डोटी छाडेर कैलाली ५ बाट चुनाव लड्दै प्रेम आले

कैलाली ५ मा रोचक भिडन्त,डोटी छाडेर कैलाली ५ बाट चुनाव लड्दै प्रेम आले

लामो समयदेखि डोटीबाट चुनाव लड्दै आएका प्रेम आलेलाई नेकपाले कैलाली-५ को टिकट दिएको छ। डोटीबाट लगातार तीन पटक विजयी हुँदै सङ्घीय सांसद बनेका आले यस पटक भने कैलाली- ५ बाट निर्वाचन लड्ने भएका छन्।नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादी बनेका आले यस पटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचन लड्ने भएका हुन्।

आलेले कैलाली ५ बाट टिकट पाएसँगै यसक्षेत्रको निर्वाचन रोचक हुने देखिएको छ । यहाँ काँग्रेसबाट नर नारायण शाह चुनाव लड्ने चर्चा भने एमालेबाट यज्ञराज ढुंगाना र नारदमुनी राना मध्ये एकले चुनाव लड्ने चर्चा छ । रास्वपाबाट भने कस्ले चुनाव लड्ने त्यति हल्ला सुनिएको छैन । २०७९ को निर्वाचनमा एमालेका नारदमुनी रानालाई हराउँदै काँग्रेसका डिल्लीराज पन्तले बाजी मारेका थिए ।

 

संविधानसभा निर्वाचन २०७० मा डोटीबाट संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए। उनी २०७० र २०७४ मा एमालेबाट उम्मेदवार बनेका थिए।आलेलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले कैलाली-५ मा चुनाव लड्न टिकट दिएका हुन्।डोटीबाट नेकपाले यो पटक पूर्व मूख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ। आलेले डोटी छोड्दा नेकपाले डोटीमा पूर्व मुख्यमन्त्री  भट्टलाई उम्मेदवार बनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply