त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय

२५ भाद्र,२०८२ःजेनजी आन्दोलनपछि कारण ठप्प बनेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । हिजोबाट बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले गरेको हो ।


विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दाै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top