You are currently viewing देश विदेशमा लोकप्रिय ‘बाजेको सेकुवा’को २६औं शाखा धनगढीमा,४० जनाले पाए प्रत्यक्ष रोजगारी

देश विदेशमा लोकप्रिय ‘बाजेको सेकुवा’को २६औं शाखा धनगढीमा,४० जनाले पाए प्रत्यक्ष रोजगारी

देश तथा विदेशमा लोकप्रिय रहेको ‘बाजेको सेकुवा’ले धनगढीमा आफ्नो २६औँ शाखा विस्तार गरेको छ । बुधबार धनगढीमा एक कार्यक्रमका बीच सेवा औपचारिक रुपमै सुरु गरिएको हो ।

करिबन ४८ वर्षअघि सानो व्यवसायका रूपमा सुरु भएको चर्चित नेपाली ब्रान्ड ‘बाजेको सेकुवा’ले धनगढीको हसनपुरमा शाखा विस्तार गरेको हो । नयाँ शाखाको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले उद्द्धाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले बाजेको सेकुवालाई स्वदेशी स्वाद र उद्यमशीलताको सफल उदाहरणका रूपमा उल्लेख गर्दै यसले स्थानीय अर्थतन्त्रमा पु¥याएको योगदानको प्रशंसा गरे। यस्ता स्वदेशी ब्रान्डहरूले धनगढीको व्यावसायिक पहिचानलाई सुदृढ बनाउनुका साथै रोजगारी सिर्जना र नेपाली मौलिक स्वादको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

कार्यक्रमका अतिथि नीति आयोगका सदस्य नृप सुनारले विकसित बन्दै गैरहेको धनगढीमा विश्वस्तरीय बा्रण्डको प्रवेशले यस क्षेत्रमा लगानीको सम्भावना बढ्दै गएको बताए ।


त्यस्तै पर्यटन व्यवसायी माया प्रकाश भट्टले धनगढीमा बाजेको सेकुवाले शाखा विस्तार गर्नु निकै सुखद रहेको भन्दै सञ्चालकलाई स्थानीय उत्पादनको उपभोग गर्न र यसैक्षेत्रका व्यक्तिहरुलाई रोजगारी दिनुपर्ने बताएका छन ।

धनगढी उपमहानगरपालिका वडा न. ५ का अध्यक्ष गजेन्द्र बहादुर शाहीले धेरै किसिमका सम्भावना देखेर धनगढीमा लगानी लगाउने संस्थालाई साथ दिनुपर्ने बताएका छन ।

‘बाजेको सेकुवा’का म्यानेजिङ डाइरेक्टर कुमार चालिसेले आफुनो प्रमुख ध्येय भनेको समाजमा रोजगारी सिर्जना गर्नु रहेकाले आफुहरु त्यसैमा केन्द्रित रहेर अगाडि बढिरहेको बताए । उनले यस क्षेत्रको उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै आफूसँग भएको उपभोग्य सामाग्री ‘बाजेको सेकुवा’ लाई उपलब्ध गराउन आग्रह पनि गरे । चालिसले ‘बाजेको सेकुवा’अब विश्वभर नै चर्चित भैसकेकाले अब छिट्टै आइपियोमा जान लागेको पनि बताए ।


चार दशकभन्दा लामो यात्रामा बाजेको सेकुवाले हाल करिब ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको जनाएको छ। परम्परागत मसला र विशिष्ट स्वादका कारण यो ब्रान्ड उपभोक्तामाझ लोकप्रिय रहँदै आएको छ । यसको मुख्य सञ्चालकमा चेतन भण्डारी रहेका छन भने अहिले देश तथा विदेशमा फ्रेञ्चाइजीको रुपमा शाखा विस्तार भएका छन ।

उद्घाटन कार्यक्रममा लोकप्रिय कलाकार चक्र बम,स्थानीय व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन करन बानीयाँले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply