धनगढीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ

१५श्रावण,२०८२ः धनगढीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली तथा लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट खटिएको टोलीले दुई फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–९, श्रीरामनगर टोलबाट घुईयाघाट बस्ने २० वर्षीय सुरेन्द्र रानालाई शंका लागी जाँच गर्दा २ ग्राम २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका–२, ब्यारेल नजिक से६ प २६६१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक २६ वर्षीय विशाल चौधरी र पछाडि सवार २४ वर्षीय दिपक चौधरीलाई ५ ग्राम ६३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ। प्रहरीले लागू औषधसहित मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top