You are currently viewing धनगढीमा कक्षा ८ को वार्षिक परीक्षामा सामुदायिक विद्यालयतर्फ बेहडाबाबा माविले ल्यायो सर्वोत्कृष्ट नतिजा

धनगढीमा कक्षा ८ को वार्षिक परीक्षामा सामुदायिक विद्यालयतर्फ बेहडाबाबा माविले ल्यायो सर्वोत्कृष्ट नतिजा

धनगढी उपमहानगरपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षमा सामुदायिक विद्यालयतर्फ धनगढी-१६ को बेहडाबाबा माध्यमिक विद्यालय उत्कृष्ट भएको छ। शुक्रवार सार्वजनिक भएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा बेहडाबाबा माविका ४८ जना परीक्षार्थी मध्ये ४२ जना उत्तीर्ण भएका छन्। जुन कुल परीक्षार्थीको ८७.५० प्रतिशत हो।

२०७९ को वार्षिक परीक्षमा जम्मा १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बेहडाबाबा माध्यमिक विद्यालयले त्यसयता भने हरेक वर्ष नतिजमा सुधार गरेको प्रधानाध्यापक भोजराज शर्माले बताए। २०८० को वार्षिक परीक्षामा ६४.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा २०८१ मा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। २०८३ मा भने ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य राखेको प्रधानाध्यापक शर्माले बताए। ‘२०७९ मा हाम्रो विद्यालयबाट जम्मा १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, त्यसपछि हरेक वर्ष नतिजा सुधार हुँदै आएको छ,’ उनले भने, ‘२०८३ को वार्षिक परीक्षामा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य राखेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply