You are currently viewing धनगढीमा जेनजीको आन्दोलन, मुख्यमन्त्री कार्यालय घेरियो

धनगढीमा जेनजीको आन्दोलन, मुख्यमन्त्री कार्यालय घेरियो

२४ भाद्र,२०८२ः आन्दोलनरत जेनजीहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । उनीहरूले सरकारको दमको विरोधमा आज बिहान मुख्यमन्त्री कार्यालय घेरेका हुन्। कैलाली बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन अहिले मुख्यमन्त्री कार्यालय पुगेको हो।

उनीहरुले हाम्रो साथी फिर्ता देु भन्दै नारावाजी गरिरहेका छन्। उनीहरुले धनगढीको मुख्य सडकमा पनि आवागमन ठप्प पारेका छन् । रातोपुलदेखि प्रदेश प्रहरी कार्यालयसम्म आवागमन ठप्प रहेको छ। सामाजिक सञ्जाल बन्दको विरोधसंगै भ्रष्टाचार बेथितिविरुद्ध जेनजी पुस्ता आन्दोलनमा छ । आन्दोलनकै क्रममा सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply