धनगढीमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले Axis Management Fest–२०८२ भव्यवताका साथ सम्पन्न गरेको छ । व्यवस्थापन विषयप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने, नेतृत्व क्षमता विकास गर्ने तथा उद्यमशील सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्लस टु प्रोग्राम संयोजक घनश्याम मलासीले जानकारी दिए ।

विद्यालयका प्रचार्य अनिता पन्तको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा रहेका थिए । त्यस्तै विशिष्ट अतिथिहरूमा उप–प्राध्यापक – कैलाली बहुमुखी क्याम्पस दिनेश पौडेल,नाष्ट कलेजका उप–प्राध्यापक – प्रेम जोशी, ऐश्वर्य बहुमुखी क्याम्पसका उप–प्राध्यापक गोबिन्द उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा धनगढीका ७ वटा विद्यालयहरूको सहभागिता रहेको थियो।Management Quiz, Business Plan Presentation लगायतका प्रतियोगिताहरू मार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र व्यवस्थापन सीप प्रदर्शन गरेका थिए।

प्रतियोगितामा Management Quiz तर्फ बाल्मिकी इन्टरनेशनल स्कूल प्रथम, एक्सिस विद्याश्रम माध्यमिक विद्यालय द्वितीय र नाष्ट कलेज तृतिय भएका थिए । त्यस्तै Business Plan Presentation तर्फ ग्यालेक्सी माध्यमिक विद्यालय प्रथम र एक्सिस विद्याश्रम माध्यमिक विद्यालय द्वितीय भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?