You are currently viewing धनगढी क्रिकेट एकेडेमी र सी.पी.अस्पतालबीच स्वास्थ्य सम्झौता

धनगढी क्रिकेट एकेडेमी र सी.पी.अस्पतालबीच स्वास्थ्य सम्झौता

भाद्र १४,२०८२ : धनगढी क्रिकेट एकेडेमी र सी।पी। अस्पतालबीच स्वास्थ्य सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनुसार अबदेखि धनगढी क्रिकेट एकेडेमीमा आबद्ध सम्पूर्ण खेलाडी, प्रशिक्षक, कर्मचारी तथा उनीहरूको परिवारका सदस्यहरूले सी.पी.अस्पतालमा उपचार गर्दा विशेष छुट सुविधा पाउने छन्। धनगढी क्रिकेट एकेडेमीको तर्फबाट म्यानेजर संदिप भट्ट र सी.पी. अस्पतालको तर्फबाट म्यानेजर हेमराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एकेडेमीकोे उक्त सम्झौताले खेलाडीहरूको स्वास्थ्य सुरक्षामा मद्दत गर्ने मात्र नभई उनीहरूलाई चिन्तामुक्त र आत्मविश्वासका साथ खेल मैदानमा उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेको छ। धनगढी क्रिकेट एकेडेमी परिवारले सी.पी. अस्पताललाई आभार प्रकट समेत गरेको छ। लामो समय चटकपुरबाट सेवा दिएको सी.पी. अस्पतालले अब धनगढी क्रिकेट एकेडेमी नजिकै आफ्नै अत्याधुनिक भवनबाट सेवा दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply